March 26, 2024, Tuesday
२०८० चैत्र १४, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थाहा पाउनुहोस् ! यसरी बनेको रैँछ हाम्रो थर (विवरणसहित)

थाहा पाउनुहोस् ! यसरी बनेको रैँछ हाम्रो थर (विवरणसहित)

“भगुवा, भतुवा, गासे, सरणार्थी नभैकन

थानी, थरी र रैथानी स्थानीयै हौं सबैजन“

Advertisement

– योगि नरहरिनाथ

सनातन मस्टो संस्कृतिलाई आफ्नो कुलान्दय मान्ने पहाडिया मुल र बर्णाश्रम व्यवस्था भित्रका नेपाली आर्य, खस परिवार अन्तरगतका थरहरु मध्य भण्डारी, अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने न्यौपाने, कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् ।

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू :

भण्डारी – राजकीय कोषको प्रमुख

अधिकारी – दराको हाकिम 

कार्की – राजस्व अधिकृत

भट्ट – राज पुरोहित वा धर्मा्िधकारी

लेखक – लेखक

महत – ग्राम प्रमुख

रोकाया – महतको सहयोगी

थापा – सैनिक दर्जा

खड्का – सैनिक दर्जा

राना – सैनिक दर्जा

बुढा – सैनिक दर्जा

बस्नेत – सैनिक दर्जा

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू :

जुम्ला

गाउँ– थर

धिता– धिताल

पाण्डुसेरा– पाण्डे

सिञ्जा– सिंजापति

चैडिलागाउँ –चौलागाई

प्याकुरी– प्याकुरेल

सिम्खाडा– सिम्खडा

सिटे – सिटौला

नियापानी बाट नवपानीय हुदै – न्यौपाने

अछाम

तिमिल्सैन– तिमिल्सिना, तिम्सिना

घमिराउँ– घिमिरे

देवकोट– देवकोटा

ढुङ्ग्रानी– ढुङ्गाना

ढाँकु– ढकाल

बजगाउँ– बजगाई

रिमा– रिमाल, रसाईली

स्वाँरा– स्वार

घोडासैन– घोडासैनी

पुरासैन– पुडासैनी

धमाली– धमला

दर्ना– दर्नाल

कुइका– कुइँकेल,

चाल्सा– चालिसे

बारला–बराल

लामिसाल– लम्साल

बझाङ

रेगम– रेग्मी

सोत– सोती

खार– खरेल, खराल

सुवाडा–सुबेडा, सुवेदी

बयाना– बनियाँ, बानियाँ

बाजुरा

जमकट्टी– जमरकट्टेल

छाती– छन्त्याल

कुँडी– कुड्याल

बेलकाटे– केलकाटिया

खातिवाडा– खाती

बैतडी

गाजरी– गजुरेल

डोटी

डोटेखेला– डोटेल

निरौली– निरौला

ओझाना– ओझा

बोगटान– बोगटी

मुडभरा–मुडभरी

मुगु

खनाया– खनाल

कालैगाउँ– कल्यान

खत्याड– खतिवडा

दैलेख

लामाछान्नी–लामिछाने

बाँस्कोट–बास्कोटा

बाँस्तोली–बास्तोला

सातला– सत्याल

लुयाटी–लुईटेल

चापागाउँ– चापागाईं

नेपा–नेपाल

रिजु्– रिजाल

पोखर– पोखरेल

लम्सु– लम्साल

लम्जी– लम्जेल

दह– दाहाल, दहाल

गैह्रा–गैह्रे, गैरे

भूर्ति– भूर्तेल

पराजुल–पराजुली

कोइराली–कोइराला

दवाडा– दवाडी

कट्टील–कट्टेल

भुषाकोट– भुषाल

सुइय–सुञेल

वड–वडाल

मोडासैन–मरासैनी,मरासिनी

गुरगाउँ– गुरागाईं

कालिकोट

खिट्किसैन– खिर्सिने

भुतौ– भुर्तेल

राँचु– रुचाल

गेला–गेलाल

वञ्जाडा–वञ्जाडे

बाँझकोट–बाझकोटा

रुकुम

सर्पुकोट–सापकोटा

दाङ

रजौरा– रजौरिया

कैलाली

सिटला- सिटौला

गल्मी

अर्जेयी – अर्ज्याल (अर्याल)

तेसैगरी काम, सामाजिक जिम्मेवारी एवं पेशाका आधारमा पनि कतिपय थरहरु रहन गएको पाइन्छ जस्तैस्

एड (सिकार खेल्ने) जाने – ऐडि 

कटुवाल्या (सबैलाई खबर गर्ने)  –  कटुवाल आदि।

(  विभिन्न श्रोतहरुबाट साभार )