April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ ।

जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो ।

Advertisement

त्यस्तै, सोही अवसरमा पूर्ण रूपमा घरबार क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र विस्थापित १२७ घरधुरीलाई प्रति परिवार दुई हजार रूपैयाँको दरले कुल पाँच लाख छ हजार रूपैयाँ राहत उपलब्ध गराएको छ ।

राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले सन्देश जारी गर्दै बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै स्थानीय जनताको पिर मर्कामा सदा साथ रहने बताए ।

राप्रपाका अध्यक्ष, जिल्लाका विभिन्न तहमा क्रियाशील नेताहरूको अग्रसरता र सहयोगमा लिदीका पहिरो पीडितहरूलाई राहत रकम उपलब्ध गराइएको हो ।

राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारीलगायत जिल्ला र क्षेत्रका पदाधिकारीहरूको उपस्थितिमा राहत वितरण गरिएको हो ।