May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा  छुटे

प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा छुटे

सोलुखुम्बु – प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्।

गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्ध (राष्ट्र सेवकलाई कर्तव्‍य पालनामा बाधा पुर्‍याएको) कसुरमा मुद्धा दर्ता गरिएको थियो।

Advertisement

प्रहरीले झुट्टा मुद्दा लगाएर फसाईएको भन्दै नेपाली कांग्रेस सोलुखुम्बुले धर्ना तथा नारा जुलुससमेत गरेको थियो। पक्राउ परेको भोलिपल्टैदेखि प्रहरी प्रशासनलाई दबाब दिइरहेको समूहले उनीहरूलाई खादा मालासहित घर लगेका थिए। धर्ना तथा जुलुसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा सहितको उपस्थिति थियो।

मेयरसहितको टोलीले घर पुर्‍यायो सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाको बा१झ ९७९४ नम्बरको गाडीमा उनीहरुलाई घरसम्म पुर्‍याउन गएका थिए। सरकारी गाडीमा सवार शेर्पा सबैभन्दा अगाडि थिए भने कांग्रेस समर्थित अन्य करिब ६० जनाभन्दा बढीको समूह मोटरसाइकल तथा अन्य सार्वजनिक गाडीमा थिए।

रिहा भएका युवाहरु चाहि बाइकमा सवार थिए। प्रत्यक्षदर्शीका अनुसार आरोपित छुटिसकेपछि पनि प्रशासन अगाडि धर्नामा रहेका मेयर सहितको टोलीले नेकपा प्रहरी मूर्दावाद लगायतको नारा लगाउँदै हिँडेका थिए।