April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुगुमा पहिरो,लाखौँको क्षति

मुगुमा पहिरो,लाखौँको क्षति

भदौ १४, मुगुको खत्याड गाँउपालिकामा रहेको एक प्रसुति गृहमा पहिरोले बगाउँदा लाखौँको क्षति पु¥याएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ खर्कमा अविरल वर्षा सँगै आएको बाढी–पहिरोले प्रसुति गृहमा रहेका विभिन्न औजार उपकरण, स्वास्थ्य सामग्रीसहित अन्य गरी लाखौँ मूल्यको क्षति पु¥याएको छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसुति गृह (बर्थिङ सेन्टर)मा भाद्र १० गते राति आएको अविरल वर्षाले क्षति पु¥याएको हेरेन्डेक नेपालले जनाएको छ । यही २०७७ जेठ ५ गतेबाट सञ्चालनमा आएको यस प्रसुति गृह (बर्थिङ सेन्टर ) मा राखेको औषधी लगायतका अन्य सामाग्रीहरु बाढीले बगाएको छ । खोलामा आएको बाढीले रुख, काठ, माटो र ढुङ्गा बगाएर ल्याउँदा प्रसुति गृहका लागि प्रयोग हुने स्वास्थ्य सामग्री लगायत अन्य सामानहरुमा क्षति भएको हो ।

Advertisement

बर्थिङ सेन्टरको भान्सा कोठा र भित्रका पर्खाल भत्केर क्षति भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नवराज रावतले जानकारी गराएका छन् ।

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगुमा कतिपय स्थानमा सडक सञ्जालसँग नजोडिएका स्थानहरुमा अझै पनि यहाँका गर्भवती महिलाहरूले दुःख खेप्दै आइरहेका छन् । खत्याड गाउँपालिकाभित्र बस्ने विकट गाउँकी गर्भवती आमाहरूको र गर्भमा रहेको बच्चाको सुरक्षाका लागि गर्भवती आमाहरूले समयमा प्रयोग गर्ने एक मात्र प्रसुति गृह केही समयअगाडि मात्र सञ्चालनमा आएको थियो ।

दुर्गम गाँउकी गर्भवती आमा र बच्चाको अकालमै ज्यान जाने समस्यालाई समाधान गर्नका लागि हेरेन्डेक नेपालले बर्थिङ सेन्टर स्थापना गरेको थियो । बर्थिङ सेन्टरमा बाढी पहिरोले क्षति पुगेपछि त्यहाँका महिलाहरुलाई सुत्केरी गराउन कठिनाइ हुने हेरेन्डेक नेपालले जनाएको छ । सोही बाढी–पहिरोले खत्याड गाउँपालिका वडा नं. ३ मा प्रसुति गृह आसपाका क्षेत्रमा रोपिएको धान बाली, कोदोलगायत अन्य अन्नबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।