April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रेडिङ टी २० को उपाधि खुकुरी क्रिकेट क्लबलाई

रेडिङ टी २० को उपाधि खुकुरी क्रिकेट क्लबलाई

लन्डन । रेडिङ क्रिकेट टी २० को उपाधि खुकुरी क्रिकेट क्लबले हात पारेको छ । फाइनल खेलमा नव युवा क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

हिमालयन क्लबले आयोजना गरेको प्रतियोगिता गत जुलाई १७ र १८ मा रेडिङ्ग क्रिकेट क्लबको खेल मैदान सोनिङ्कमन रेडिङ मा सम्पन्न भएको थियो । फाइनलमा पहिलो ब्याटिङ गर्दै होन्सलोको खुकुरी क्रिकेट क्लबले १२३ रन जोडेको थियो । प्रत्युत्तरमा नवयुवा क्रिकेट क्लब अल्डरसटले सबै विकेटको क्षतिमा ११० रन मात्र बनाउन सफल रह्यो ।

Advertisement

म्यान अफ दी म्याच आशिष खुमी

खेल र प्रतियोगिताकै उत्कृष्ट खेलाडी खुकुरी क्रिकेट क्लबका आशिष खुमी घोषित भए । उनले चार खेलमा १६९ रन र सात विकेट बटुलेका थिए । उनको औसत स्कोर ५६.५ रहेको थियो । बेलायतका ६ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नेपालका राष्ट्रिय अन्डर १९ का राष्ट्रिय खेलाडी प्रकाश विष्टले समेत खेलेका थिए ।


टुर्नामेन्टका उत्कृष्ट ब्याट्सम्यान रमेश गुरुङ, उत्कृष्ट बलरको उपाधि खेम शाहले हात पारेका थिए । प्रतियोगिता सफल बनाउन सहयोग प्रदान गरेको भन्दै पोखरेली मञ्चका अध्यक्ष मान प्रसाद गुरुङ, रेडिङ नेपाली समाजका अध्यक्ष टेक वहादुर गुरुङ, धौलागिरी किचेनका प्रोप्राइटर मधु गौचन, सिन्ट्र पार्क ग्रुपका टोलीका जगन गुरुङ, पत्रकार मणि सुवेदीलाई आयोजक हिमालयन क्लबले मायाको चिनो प्रदान गरेको थियो ।