April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

जनकपुरधाम । प्रदेश नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा थप तीन सांसदले सनाखत गरेका छन् ।

आइतबार तीन सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर सनाखत गरेका हुन् । प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका हुन् । यसअघि, १२ सांसदले लोसपाको पक्षमा सनाखत गरिसकेका छन् ।

Advertisement

लोसपमा खुलेका जितेन्द्र सोनलले भोलि सनाखत गर्ने तयारी गरेका छन् ।

तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए । एकजना सभामुख भएका कारण सनाखत गर्न पाउने छैनन् । बाँकी नौ सांसद जसपातर्फ लागेका हुन् ।