March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाःलाम खेदा अब युट्युबमा

पाःलाम खेदा अब युट्युबमा

काठमाडौँ । याक्थुङ लिम्बु भाषामा पाःलाम गायन विधा लोकप्रिय मानिन्छ । पछिल्लो समय आफ्नो मातृभाषामा गीत सिर्जना गर्ने, स्वराङ्कन र रकेर्ड गर्ने लहर बढेको छ । यहीँ सिलसिलालाई आधा दर्जन बढी कलाकारहरूले पाःलाम खेदा ल्याएका छन् ।

नोभेम्बरको पहिलो सातादेखि युट्युबमा हेर्न मिल्ने गरी सार्वजनिक भएको पाःलाममा चर्चित गायिका मनु नेम्वाङ र सुमन लिम्बुको स्वर रहेको छ । बेलायतनिवासी नेम खापुङको शब्द रहेको पाःलाममा सुमन लिम्बुको लय संकलन रहेको छ । उनी पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट दशमा पुगेका कलाकार हुन् । गीतमा गायक गायिकाहरू भीम लिम्बु, रुकमान लिम्बु, दिवस पयाङ्गु, निरन्ता नेम्वाङ, दीपा सुहाङ, रोजिना थेगिमले पनि साथ दिएका छन् । ए वना स्टुडियोमा रेकर्ड गरिएको गीतलाई प्राज्ञ अशोक लाहोरूङले एरेञ्ज र राजेश श्रेष्ठले रेकर्ड गरेका हुन् । मास्टरिङ र मिक्सिङमा किशोर थापाले काम गरेका छन् । गायक रुकमान लिम्बुको प्रस्तुतिमा रहेको पाःलाम खेदामा बुद्ध थापाले क्यामेराको जिम्मा लिएका छन् भने विकास दाहालले सम्पादन गरेका छन् ।

Advertisement

लोकेन साँवाको कथा र निर्देशनमा तयार भएको म्युजिक भिडियोको पटकथा देवेन्द्र खापुङ सुर्केलीको रहेको छ । भिडियोमा बुद्धमति एभेङ लिम्बु, यासेली योङहाङ, कृष्णमाया लिम्बु ओख्रावु, नाम्लिङ ओख्रावु, नैनाकला आङ्देम्बे, जेपी नेम्वाङ, मनु थक्लुङ लिम्बु तीन दर्जन बढी कलाकारहरूले अभिनय गरेका छन् । गीतमा फेदाप केलाङ समूहका कलाकारहरूले केलाङ(च्याब्रङ नाच) समेत पस्किएका छन् । गीतलाई रुबुसा क्रिएटिभ वर्कस् प्रा.लि.ले निर्माण गरेको हो ।

सार्वजनिक भएको पाःलाम गीति भिडियो ।