March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

काठमाडौँ । प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधि दार्जीलिङ मिरिक निवासी छोङ साङ्मु सेच्याले  जितेकी छिन् ।

प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौँ नाचघरमा मंगलबार सम्पन्न भएको छ ।मौखिक तथा लिखित प्रश्न सोधिएकोमा अन्तिम राउण्डमा महिला शसक्तिकरण किन आवश्यक छ भन्ने प्रश्नमा सहभागीले लिखित जवाफ दिएका थिए ।

Advertisement

मुख्य उपाधि र रनर अप विजेताहरु ।


अन्तिम राउण्डमा छ जना सहभागीमध्ये उत्कृष्ट जवाफ दिएर छोङ साङ्मुले मिस शिङ्सा भोटियाको उपाधी जितेकी हुन् । त्यसैगरी  फस्ट रनर अप केसाङ चिपा भोटेले हात पारिन् भने सेकेन्ड रनर अप सियाङ्ला भोटे घोषित भइन् ।

छ जना प्रतियोगिमा मिस फोटोजेनिकको उपाधि फुर्वा सेच्याले हात पारिन् । मिस कल्चरको उपाधी नाङ्सा भोटेले हात पारिन त्यसैगरी मिस पपुलर टाइटल केसाङ भोटेले जितिन् । मिस डिसिपिलिन टाइटल किन्जम भोटेले हात पारिन् । मिस पर्सानालिटिको टाईटल सियाङ्ला भोटेले पाइन् ।

प्रथम विजेता मिस शिङ्सा भोटियाले नगद पचास हजार, फस्ट रनर अपले नगद तीस हजार  र सेकेन्ड रनर अपले नगद बीस हजार पुरस्कार प्राप्त गरेका छन् ।

विजेताहरुसँग आयोजक ।

बज्रकिल्या प्रोडक्सनको आयोजनामा भएको सो कार्यक्रम पहिलो उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादी पार्टी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा भएको थियो भने क्राउन सेरेमोनिका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता भिम रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै  बज्रकिल्या प्रोडक्सनका अध्यक्ष तेन्जिङ भोटियाद्वारा सम्मान गरेका थिए ।