रहिनन् विश्व चर्चित गायिका मंगेशकर
मुम्बई । चर्चित भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो ।
आइतबार, शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको जानकारी दिए । यसअघि शनिबार लता मंगेशकरको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको जानकारी चिकित्सकहरुले दिएका थिए । शनिबार अचानक उनको स्वास्थ्य बिग्रन थालेपछि उनलाई फेरि भेन्टिलेटरमा राखिएको थियो । उनले आइतबार बिहान अस्पतालमा अन्तिम सास लिएकी थिइन् ।
गायिका मंगेशकरकाे जन्म सन् १९२९ मा भएको थियोे । उनले सन् १९४२ देखि २०१९ सम्म ३६ भाषाहरूमा ४० हजार बढी गीतहरूमा आफ्नो स्वर दिएकी थिइन् । उनले एक हजार एल्बममा काम गरिन् । उनले भारत सरकारद्वारा प्रदान गरिने सर्वाेच्च सम्मान भारत रत्न, पद्मा विभूषण, पद्मा भूषण, दादासाहेब फाल्के अवार्ड जस्ता प्रतिष्ठित अवार्ड पुरस्कारहरू प्राप्त गरेका थिए ।
स्राेत : एजेन्सी
प्रतिकृया दिनुहोस्