March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयाेजना गर्ने भएको छ । बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हाे ।

आइतबार २६ जूनमा भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको अध्यक्ष गाेमा राना मगरले बताइन् । कार्यशाला बिहान १० देखि मध्यानह १२ बजेसम्म सञ्चालन हुने उनले जनाइन् । कार्यशालामा सहभागी संस्थाका प्रतिनिधिलाई समाचार कसरी लेख्ने भन्ने बारे अभिमुखीकरण दिने बताइन् ।

Advertisement

कार्यशालामा मुख्य प्रस्ताेता फोनिजका सल्लाहकार एवम् वीनेपालीका सम्पादक नरेश खपांगीमगर रहनेछन् । व्यवसायिक पत्रकारितामा दुई दशक लामो अनुभव संगालेका खपांगीमगरले नेपालमा रहंदा गोर्खापत्रसहितका कयौं प्रतिष्ठित राष्ट्रिय मिडियामा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासङ्घ यूकेका पूर्व अध्यक्ष समेत हुन् ।

फाेनिज यूकेकाे लाेगाे ।

‘बेलायतको जनजाति समुदायका पत्रकारितामा रुचि राख्नुहुने लाइ प्रोत्साहन गर्ने र धेरै भन्दा धेरै जनजाति पत्रकारको सङ्ख्या बढाउने फोनिजको मुख्य उद्देश्य रहेको छ,’ सचिव लीला सेलिङ माबाेले जनाइन् । उनले कार्यक्रममा सहभागी हुने आफ्ना प्रतिनिधिको नाम २४ जून शुक्रबारभित्र शाखालाई जानकारी गराउन पनि संस्थाहरुलाई आग्रह गरेकी छिन् ।