June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फाेनिज यूकेकाे समाचार लेखन कार्यशाला सम्पन्न

फाेनिज यूकेकाे समाचार लेखन कार्यशाला सम्पन्न

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले एक दिने समाचार लेखन कार्यशाला सम्पन्न गरेको छ । फाेनिजले आइतबार भर्चुअल रूपमा कार्यशाला आयाेजना गरेको हाे ।

फोनिज यूकेका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष नरेश खपाङ्गीमगरले तालिम दिएका थिए । उनी दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । साढे दुई दर्जन बढी सहभागी भएको कार्यशालामा प्रशिक्षक खपाङ्गीले समाचार कसरी चिन्ने, समाचारको मूल्य केले तय हुन्छ, समाचार लेखनको योजना कसरी बनाउने, समाचारको लिड कसरी प्रभावकारी लेख्ने, समाचारको भाषा कस्तो हुनुपर्छ, राम्रो समाचार लेख्न के गर्नुपर्छ भन्ने बारेमा तालिम दिएका थिए ।

Advertisement

भर्चुअल कार्यशालामा सहभागीहरू ।

अध्यक्ष गोमा राना मगरको अध्यक्षता भएको प्रशिक्षणात्मक कार्यशालालाई सचिव लीला सेलिङ माबोले सञ्चालन गरेकी थिइन् ।