April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान  प्रधानलाई प्रदान

फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान प्रधानलाई प्रदान

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले स्थापना गरेको फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार दुई जना फोनिजकर्मी पत्रकारले पाएका छन् ।

फोनिज यूके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत भएका हुन् । काठमाडौंमा शुक्रबार आयोजित पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले दुवै जनालाई सम्मान र पुरस्कार प्रदान गरे । सम्मान र पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ ।

Advertisement

पुरस्कार थाप्दै सुब्बा ।

फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरुलाई हरेक वर्ष सम्मानित र पुरस्कृत गर्दै आएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताए । विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धि रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको बताए ।

सम्मान ग्रहण गर्दै प्रधान ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरुले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो । कार्यक्रममा बेलायतबाट फोनिज यूकेका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार विश्वासदीप तिगेला, सल्लाहकार एवं एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङसमेत सहभागी थिए ।