November 29, 2023, Wednesday
२०८० मंसिर १३, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान-किरात प्रदेशका लागि संसद भवनअघि धर्ना

लिम्बुवान-किरात प्रदेशका लागि संसद भवनअघि धर्ना

विजयपुर । प्रदेश एकको नाम लिम्बुवान–किरात नामाङ्कन गर्न माग गर्दै आन्दोलनकर्मीहरू विराटनगरमा धर्ना बसेका छन् । पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने मागसहित मंगलबार लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति प्रदेशको संसद भवन अगाडि धर्ना बसेका हुन् ।

किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ पहिचान पक्षधर राजनीतिक दल, समाजिक संघसंस्था संगठनहरुले साझा नाम लिम्बुवान–किरात हुनुपर्ने अडान राख्दै प्रदेश सभा भवनमा धर्नाको कार्यक्रम सुरु गरेको छ ।

Advertisement

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, जसपा लिम्बुवान राष्ट्रिय समिति, नेपाली काङ्ग्रेससम्बद्ध नेपाल लिम्बु सङ्घ, नेकपा एमालेनिकट लाेकतान्त्रिक लिम्बु सङ्घ, राष्ट्रिय जनमुक्ति पार्टीका लगायत दलका शीर्ष नेताहरु धर्नामा कार्यक्रममा बसेका थिए । यसअघि, गत साउन ५ गते हज्जारौंकाे सङ्ख्यामा नाराबाजी र जुलुससहित मुख्यमन्त्रीकाे कार्यालयअघि प्रदर्शनी भएको थियो ।

राजनीतिक विश्लेषक एवम् पत्रकार भवानी बराल ।

साँस्कृतिक झाँकी सहित उपस्थित भएको धर्ना कार्यक्रमलाई राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बराल, जसपाका लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिव केदार धिमाल, केन्द्रीय नेता जेन्टल लाओेती, संलाेरामका नेता अशाेक चेम्जोङ, कियाचु लिम्बुवान प्रदेश समितिका इक्साहाङ चेम्जोङ, नेपाल आदिवासी जनजाति महासङ्घ, प्रदेश एक अध्यक्ष सहप्राध्यापक ध्रुव कुमार मेन्याङ्वाे लगायतले सम्बाेधन गरेका थिए ।

संलाेरामका नेता अशाेक चेम्जोङ ।
जसपाकाे नेता जेन्टल लाओती ।
आदिवासी जनजाति महासङ्घ, प्रदेश एक अध्यक्ष सह.प्रा. ध्रुवकुमार मेन्याङ्वाे ।
धर्नामा सहभागीहरू ।