May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

नेकपा सचिवालय बैठक आज

२०७७ कार्तिक २८

2.6K

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। 

बैठक बोलाउने या नबोलाउने भन्ने झण्डै एक महिनादेखिको रस्साकस्सी पछि दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन्। नेकपाको विधानमा दुई अध्यक्षको समन्वयमा महासचिवले बैठक बोलाउने व्यवस्था छ। तर दुई अध्यक्षबीच तत्कालै बैठक राख्ने विषयमा विवाद भएपछि अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले बैठकका लागि सहमति जनाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाएका थिए। 

ओलीले आनाकानी गर्दै आएपछि प्रचण्डले हिजै बहुमत सदस्यको बैठक राख्ने तयारी समेत गरेका थिए। सहमतिमै बैठक बस्ने भएपछि प्रचण्डले बोलाएको बैठक रोकिएको थियो।  आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीभित्रको आन्तरिक विवाद र सरकारका काम कारवाहीमा केन्द्रित हुने बताइएको छ। बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न दुवै अध्यक्षले आफू निकट सचिवालय सदस्यसँग आन्तरिक परामर्श जारी राखेका छन्।

Advertisement