May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

प्रधानमन्त्री ओलीले तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै

2.5K

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालमा गरेका मुख्य/मुख्य कामका उपलब्धि सार्वजनिक गर्ने भएका छन्।

सिंहदरबारको मुख्य भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले आज ११ बजे सरकारका उपलब्धि सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रवलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय अब मुख्य भवनबाट सञ्चालन हुनेछ। भवनको प्रधानमन्त्री ओलीले आजै उद्घाटन गर्नेछन्।

Advertisement