May 17, 2024, Friday
२०८१ जेष्ठ ४
1:37:26 pm

पछिल्लो २४ घण्टामा देशभर थपिए १२२ जना कोरोनाका संक्रमित, १४४ जना निको, १ जनाको निधन

1.7K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशैभरी गरिएको ३ हजार ५४१ नमुना परीक्षणमा उपत्यकाका ७३ जनासहित १२२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४२ र पुरुष ८० जना रहेका छन् । आज थपिएका १२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

Advertisement

त्यसैगरी आज देशैभरी १४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १४४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार आज थपिएका एकजनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।