May 5, 2024, Sunday
२०८१ बैशाख २४
1:37:26 pm

चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने

2.5K

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल अब १८ घण्टा मात्र सञ्चालन गर्ने निर्णय गरेको हो।

झन्डै २ वर्ष अगाडिदेखि २१ घन्टा सञ्चालनमा रहेको विमानस्थल फेरि ३ घण्टाको समय घटाएर १८ घण्टा मात्रै सञ्चालनमा ल्याउने निर्णय भएको छ।प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मार्च २८ अर्थात चैत १५ गतेबाट विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने गरी निर्णय भएको बताए।

अहिले बिहान ६ बाट रातको ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको थियो। तर, कोभिडपछि हवाई उडानको संख्या पनि कम रहेको भन्दै प्राधिकरणले हवाई चाप नबढ्दासम्म गृष्मकालीन उडान सुरु भएसँगै विमानस्थल १८ घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो।

Advertisement

प्राधिकरणका अनुसार चैत १५ गतेबाट विमानस्थल विमान ६ बजे खुलेर राति १२ बजे बन्द हुने छ।