May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्दै प्रचण्ड–माधव पक्ष

2.7K

काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले आज  मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने भएको छ। चौंथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा  प्रदर्शन गर्न लागिएको हो।

केन्द्रीय सदस्य सावित्रा भुसालका अनुसार दिउँसो साढे ३ बजे राष्ट्रिय सभागृह अगाडि भेला भएर मानव साङ्लोसहित टुँडिखेलमा प्रदर्शन गरिनेछ। दिउँसाे ४ बजेदेखि साँझ ५ बजेसम्म टुँडिखेल घेराउ गरिनेछ। 

प्रचण्ड–माधव पक्षले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिनेछ।

Advertisement

यस्तै, भोलि वडास्तरमा विरोध प्रर्दशन, १५ गतेसम्म सार्वजनिक स्थलमा प्रतिगमनविरुद्ध हस्ताक्षर संकलन, ८ गते बृहत् अन्तक्रिया गरिनेछ। 

फागुन ९ गते महिला हिंसाविरुद्ध महिला नै सहभागी भएर विरोध प्रदर्शन,  १० गते दलित मोर्चाले विरोध गर्ने र ११ गते मधेशी, आदिवासी, जनजातिले सांस्कृतिक झाँकीसहित विरोध गर्ने कार्यक्रम तय गरिएको छ।

फागुन १२ मा चितवनमा र २१ गते दाङमा ठूलो सभा गर्ने भनिएको छ। जसलाई अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।