May 21, 2024, Tuesday
२०८१ जेष्ठ ९
1:37:26 pm

नेपाली युवक अमेरिकामा मृत अवस्थामा फेला परे

3.7K

काठमाडौँ – अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए ।

पोष्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको र मृत्युको कारणपनि नखुलेको जनाइएको छ । हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीसँग मिलेर सोमवार राति बाहिर वार्वीक्यु पार्टी गरेका सुत्न गएका थिए ।

मंगलवार विहान साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए । झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहको र अध्ययनसंगै काम गरिरहेको जनाइएको छ ।

Advertisement

नेपालमा रहेका आफन्तहरुले उनको शव नेपालमा पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि उनको शव नेपाल पठाउनेबारे पहल गरिने जनाइएको छ ।