May 6, 2024, Monday
२०८१ बैशाख २४
1:37:26 pm

बृहत नागरिक आन्दोलन, लोकतन्त्रको टुँडिखेल मार्च

3.9K

काठमाडौं । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टुँडिखेलमा मार्च भएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ ।

मार्चमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए ।

मार्चमा सहभागीहरु टुँडिखेलमा प्रवेश गर्ने आशंकामा सबै गेटमा ताला लगाएर सुरक्षाकर्मी परिचालन गरिएको थियो । कार्यक्रममार्फत नागरिक घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।

Advertisement