May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

घुस लिने सशस्त्रका हवल्दारविरूद्ध मुद्दा दायर

२०७७ फाल्गुन १०

1.7K

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस  लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षाका हवल्दार सरवनकुमार बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा वस्नेतविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार घरायसी प्रयोजनका लागि काठ तथा दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले बस्नेतलाई केही दिन पहिले पक्राउ गरेको थियो ।आयोगका अनुसार सशस्त्र प्रहरी हबल्दार बस्नेतले घुस लिएको पुष्टि भएको पाइएपछि बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

Advertisement