May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

रुबिनाले जितिन् बिग बोस १४ को उपाधि

२०७७ फाल्गुन १०

2.1K

काठमाडौं–भारतमा मात्रै होइन, नेपालमा पनि निकै चर्चित बिग बोस सिजन १४ को ट्रफी रुबिना दिलायकले हात पारेकी छन्। १ सय ४० दिनको मिहिनेतपछि बिग बोसको ट्रफी उनको हात लागेको हो। 

प्रतिद्वन्दी राहुल बैद्यलाई पछाडि पारेर उनी बिजेता बनेकी हुन्।

रुविनाका रोचक कुरा

Advertisement

भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाको सानो गाउँमा जन्मिएकी कलाकार हुन् रुबिना। स्याउको बगैंचामा हुर्किएकी रुविनालाई आज पनि फुर्सत मिल्दा स्याउकै बगैंचामा समय बिताउन मनपर्छ।

उनका बाबु हिन्दी भाषाका लेखक हुन्। त्यही भएर पनि उनलाई सानैदेखि किताब पढ्ने बानी प¥यो। त्यति मात्रै होइन, वाक युद्धमा पनि कसैले नसक्ने तर्क सानैदेखि रुबिनाले सिकिन्। उनले स्कुले जीवनमै वक्तृत्वकला प्रतियोगितामा राट्रिय पुरस्कार हात पारेकी छन्। 
रुबिनालाई अंग्रेजी भाषामा कविता लेख्न पनि सानैदेखि मनपथ्र्यो। उनी स्कुले उमेरमै बाबुका हिन्दी किताब र कविता अंग्रेजीमा अनुवाद गर्ने काम पनि गर्थिन्। 

रुबिनालाई आफू कलाकार बन्छुजस्तो कहिल्यै लागेको थिएन। उनको रुचि कलाकारितामा नभई आइएस पुलिस बन्नेमा थियो। त्यसका लागि उनले आफ्नो समय खर्च गरिरहेकी थिइन्। 

एकदिन उनको गाउँमा निकै चर्चा कमाउन सफल छोटी बहु सिरियलको अडिसन भयो। उनकी बहिनीले अडिसनमा सहभागिता जनाउने रहर देखाइन् र रुबिनालाई साथ लिएर गइन्।

अडिसन दिने कोठामा उनले सहभागीले संवाद याद गर्न नसकेर छटपटीरहेको देखिन्। त्यस्तो अफ्ट्यारो के रहेछ त भन्ने जान्न रहर लाग्यो र उनले पनि अडिसन दिएर हेर्ने रहर देखाइन्। 

एकैछिनमा आएको रहरले आज उनलाई कलाकार बनायो। उनी मुख्य कलाकारको भुमिकामा पहिलो चरणका लागि छनोट भइन्। उनकी बहिनीले त्यो बेलामा भनेकी थिइन्, अरु ठाउँमा साथ लगे पनि अडिसनमा मैले दिदीलाई लान नहुने रहेछ, मेरो पालो नै आएन।

त्यसो त अडिसन दिनुअघि उनले विभिन्न सुन्दरी प्रतियोगितामा पनि सहभागिता जनाएकी थिइन्। उनले जहाँ सहभागिता जनाइन्, त्यहाँको ताज पनि पहिरिइन्। 

पहिलो चरणको अडिसनमा छनोट भएपछि उनले दोस्रो चरणका लागि इन्कार गरिन्। तर, उनकी आमाले निकै सम्झाएर मुम्बई पठाइन्। 
मुम्बई आएपछि छोटी बहु सिरियल टेलिभिजनमा आउनुअघिको पाँच महिना उनका लागि निकै सकसपूर्ण रह्यो। उनी त्यो समयमा झण्डै डिप्रेसनमा पुगेकी थिइन्। 

नामका कारण उनलाई सबैले मुस्लिम सम्झन्छन् तर उनी हिन्दू सम्प्रदायकी हुन् । सबैले नामका बारेमा प्रश्न सोध्ने र इद लगायतमा इद मुबारक भन्ने गरेकाले उनले स्पष्टीकरण नै दिनु परेको थियो। उनी आफू विशुद्ध हिन्दू भएको तर सम्प्रदाय र जात भन्दा राष्ट्रियता ठूलो भएको बताउँछिन्। 

रुबिना आफूलाई कलाकारिता क्षेत्रमा अब्बल काम गर्न प्रोत्साहित गर्ने कुरा अरुको भन्दा फरक ढंगले बताउँछिन्। उनका अनुसार आफू राम्रो कामका लागि प्रेरित हुनु आफ्ना लागि नभइ, अन्यका लागि हो। टिभी सो कै कामबाट परिवार पाल्ने मानिसका लागि आफूले थोरै मिहेनत गर्दा फाइदा हुन्छ भने किन नगर्ने भन्ने सोचबाट उनी प्रेरित छिन्। 

रुबिनालाई मनपर्ने ब्यक्ति कल्पना चाब्ला हो। त्यसैले उनलाई कल्पनाको बायोपिकमा काम गर्ने रहर छ।