May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

२ प्रदेश जोड्ने सडक कालोपत्रे एकैदिन थालियो

२०७७ फाल्गुन १०

2.5K

स्याङ्जा – स्याङ्जामा सिद्धार्थ राजमार्गसँग जोडिएका २ वटा सहायक सडकमा कालोपत्रे गर्ने काम एकैदिन थालिएको छ। ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले आईतबार वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र सेती बेनी, पेलाकोट गल्याङ चापाकोट हुँदै नवलपुरको डण्डा जोड्ने सडकको कालोपत्रे गर्ने कार्य शुभारम्भ गरेकी हुन्‌।

भुम्रेदेखि सेती बेनी हुँदै गुल्मीसम्म जोड्ने सडक कालोपत्रे गर्न निर्वाचन क्षेत्र सडक अन्तर्गत ४० करोड रुपैयाँको बहुवर्षीय ठेक्का लगाइ काम थालिएको हो।

Advertisement

त्यसैगरी, सेतीबेनी गल्याङ हुँदै नवलपुरको डण्डा जोड्ने सडकको विभिन्न खण्डअन्तर्गत निर्माण कार्य भैरहेको छ। सोही सडक खण्डको गल्याङदेखि सेती बेनी सम्म ५ करोड रुपैयाँमा ठेक्का सम्झौता भई टेण्डरको प्रकृयामा रहेको छ।