April 28, 2024, Sunday
२०८१ बैशाख १६
1:37:26 pm

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

२०७७ फाल्गुन १०

2.9K

काठमाडौं – कोरोना संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएसँगै हालसम्म २१ देशमा कोरोनाबाट ज्यान गुमाउनेको नेपालीको संख्या ३३६ पुगेको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

Advertisement

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।