May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

बार्सिलोनालाई पछि पार्दै सेभिया तेस्रो स्थानमा

२०७७ फाल्गुन ११

2K

काठमाडौं–सेभिया स्पेनिस ला लिगा फुटबलको अंक तालिकामा बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा ओसासुनालाई २–० गोलअन्तरले पराजित गरेसँगै सेभिया अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

ओसासुनाको मैदानमा सेभियाको जितमा डिएगो कार्लोस र लुक डि योङले गोल गरे। पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको १९ औं मिनेटमा कार्लोसले गोल गर्दै सेभियालाई अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा लुक डि योङले गोल गर्दै सेभियालाई २–० को जित दिलाए।

सेभियाले जारी स्पेनिस ला लिगामा लगातार छैटौं जित निकालेको छ। जनावरी १३ मा एथ्लेटिको मड्रिडसँग उसैको मैदानमा २–० ले हारेयता सेभियाले सबै खेल जितेको छ।

Advertisement

तेस्रो स्थानमा उक्लिएको सेभियाको २३ खेलबाट ४८ अंक भएको छ। पराजित ओसासुनाको २४ खेलबाट २५ अंक छ। चौथो स्थानमा झरेको बार्सिलोनाको २३ खेलबाट ४७ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक हुँदा साविक विजेता रियल मड्रिडको २४ खेलबाट ५२ अंक छ।