May 19, 2024, Sunday
२०८१ जेष्ठ ७
1:37:26 pm

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, संसद बैठक सिफारिस गर्ने सम्भावना

२०७७ फाल्गुन १४

3.3K

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अ‍ोलीले साँझ ५ बजेका लागि बैठक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ । गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकले अन्य महत्वपूर्ण निर्णय गर्नसक्ने सम्भावना रहेको छ ।

Advertisement

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए । उनीहरुबीच संसद बैठक बेलाउने विषयमा छलफल भएको बताइएको छ ।