April 29, 2024, Monday
२०८१ बैशाख १७
1:37:26 pm

क्रसर उद्योगले अवैध उत्खनन् गर्दा गाउँनै जोखिममा

२०७७ फाल्गुन १६

1.8K

विराटनगर । क्रसर उद्योगहरुले मोरङको केराबारी स्थित खोलाहरुमा जथाभावी उत्खनन् गर्ने क्रम नरोकिएको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका छन् । खोला किनारमा ठूल्ठूला खाल्डा बनाएको र खोलामा च्यानल बनाउनु पर्नेमा किनाराबाट गिट्टी खनेर लैजानाले बस्ती नै जोखिममा परेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

विरोधमा उत्रिएका स्थानीयहरुले आइतबार केराबारी गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरुले गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की स्वयं क्रसर उद्योगी भएको र उनकै मिलेमतोमा प्राकृतिक स्रोतको दोहन भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

महादेव मिनरल इन्ड्रष्टिज र शिवम् क्रसरका कारण केराबारी गाउँपालिका ८ आमजुङ्गी बस्ती जोखिममा परेको हो । खदम खोलामा दुई उद्योगले वातावरणीय परीक्षण प्रतिवेदनले स्वीकृति दिएको स्थानभन्दा बाहिर जथाभावी उत्खनन् गर्ने गरेको, प्रतिवेदन तयार गर्दा र स्वीकृत गर्दासमेत मिलेमतो हुने गरेको आरोप स्थानीयले लगाएका छन् ।

Advertisement

खोला उत्खनन्बाट बस्तीहरु जोमिमा परेको र प्रकृतिमा पनि गम्भीर असर पुगिरहेको स्थानीय जीतबहादुर बस्नेतले बताउनुभयो । केराबारीमा गाउँपालिका अध्यक्ष रोहित कार्की र इटहरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका व्यवसायी भीम पौडेलको क्रसर उद्योगले वर्षौंदेखि त्यस क्षेत्रमा उत्खनन् गर्दै आएको छ ।

हरेक वर्ष अवैध उत्खनन्को आरोप उनीहरुमाथि लाग्दै आएपनि स्थानीमाथि दमन गर्ने, उनीहरुलाई गुण्डा लगाएर तर्साउने जस्ता काम गरेर प्राकृतिक स्रोतको दोहन उनीहरुले गर्दै आएका छन् ।