May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

भागरथी हत्या प्रकरणः दिनेशको डिएनए परीक्षणका लागि काठमाडौँ पठाइयो

२०७७ फाल्गुन १६

1.4K

काठमाडौँ – बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाण्डु पठाइएको छ ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा हिरासतमा रहेका दिनेशको डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डु पठाइएको हो ।

डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

Advertisement

परीक्षण रिपोर्ट केही दिनमै आउने उनले बताए । यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो । तर, परीक्षण रिपोर्ट भने आएको छैन ।