May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

२०७७ फाल्गुन १६

3.1K

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।

तर, तामाङले बादलसँग बसेर ओली समूहविरुद्ध भूमिका खेलेको आरोप लगाइएको छ ।

Advertisement