May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

भिनिसियसको गोलमा हारबाट बच्यो रियल मड्रिड

२०७७ फाल्गुन १८

1.6K

काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा बराबरी खेलेको छ। रियल सोसिडाडले रियल मड्रिडलाई १–१ गोलको बराबरीमा रोकेको हो।

घरेलु टिम रियल मड्रिडविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै रियल सोसिडाडले बराबरी खेलेको हो। रियल सोसिडाडका लागि पोर्टुले गोल गरे। रियल मड्रिडका लागि भिनिसियस युनियरले गोल गरे। रियल सोसिडाडले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरी खेल्न पुग्यो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियल मड्रिडले खेलको ५५ औं मिनेटमा गोल खाएको थियो। पोर्टुले गोल गर्दै रियल सोसिडाडलाई १–० को अग्रता दिलाए। तर ८९ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियल मड्रिडलाई १–१ गोलको बराबरी दिलाए।

बराबरीसँगै रियल मड्रिडले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडको २५ खेलबाट ५३ अंक छ। रियल सोसिडाडको भने २५ खेलबाट ४२ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २४ खेलबाट ५८ अंक छ। दोस्रो स्थानको बार्सिलोनाको २५ खेलबाट ५३ अंक छ।

Advertisement