May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

कोरोनाको खोप लगाउनुभन्दा अघि र लगाएपछि यी कुरामा ध्यान दिऔं

२०७७ फाल्गुन १९

2K

काठमाडौं – डा. रविन्द्र पाण्डेले खोप लगाउन जाँदा चयन गर्नुपर्ने पोशाकका बारेमा सर्वसाधारणका लागि जानकारी दिएका छन् ।

डा. पाण्डेले खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्वेटर, कुर्ता, हाइनेकजस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखिएकोले यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुने बताउँछन् । उनका अनुसार कतिपय अवस्थामा खोप लिक हुनपनि सक्छ ।

त्यस्तै कतिपय व्यक्तिले भित्रि बस्त्र देखिने गरि निकै अप्ठ्यारोसंग खोप लगाएको देखिएकाले खोप लगाउन जाँदा भित्र हाल्फ टि सर्ट र बाहिर ज्याकेट लगाएमा ज्याकेट खोलेर तथा हाल्फ टि–सर्टको बाहुला माथि सारेर सजिलोसंग खोप लगाउन सकिने सुझाव दिन्छन् डा पाण्डे ।

Advertisement

‘खोप लगाउन जाँदा नुहाएर, खाना तथा झोलिलो कुरा प्रशस्त खाएर जानुपर्छ । यसो गर्दा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुन्छ’ डा. पाण्डे सुझाव दिन्छन्, ‘खोप लगाउन जाँदा मानसिक रुपमा कन्भिन्स र तयार भएर जानुपर्छ । शंका र कन्फ्युज भएर खोप लगाउनु हुँदैन ।’

त्यस्तै खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुने र खोप लगाएपछि सकभर २ महिना मदिरा सेवन नगर्न पनि डा. पाण्डेको सुझाव छ ।