May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

नेकपाका सात नेता कारबाहीमा, केन्द्रीय सदस्यबाट ६ महिनाका लागि निलम्बन

२०७७ फाल्गुन १९

4.1K

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले सात जना केन्द्रीय सदस्यलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरू सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

पार्टीविरोधि काम गरेको भन्दै उनीहरूलाई निलम्बनको कारबाही गरिएको स्थायी कमिटी सदस्य वर्षमान पुनले बताए। 

Advertisement