May 6, 2024, Monday
२०८१ बैशाख २४
1:37:26 pm

तीन बुँदे सहमति भएसँगै काभ्रेबाट छुटे ‘विप्लव’ नेकपाका नेता बाँस्तोला

२०७७ फाल्गुन २१

1.4K

काठमाडौं–सरकारसँग भएको वार्तापछि तीन बुँदे सहमति भएसँगै जेलमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा कार्यकर्ता रिहा हुन थालेका छन्।

सोही क्रममा काभ्रेबाट नेकपा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला शुक्रबार बिहान रिहा भएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए।

आगजनी तथा संगठित अपराध मुद्दामा ११ दिनदेखि काभ्रेमा बन्दी रहेका बाँस्तोलालाई श्रीमती हिमा बास्तोलाको जिम्मा लगाइएको प्रहरीले बताएको छ। उनी २९ पुसमा मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो।

Advertisement

बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले ‘विप्लव’को पार्टीमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ ।