May 6, 2024, Monday
२०८१ बैशाख २४
1:37:26 pm

६३ नेपालीलाई साउदीले दियो बहिर्गमन भिसा

2.3K

दोहा- साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीमध्ये थप ६३ जनाले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार २८० जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजिकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

Advertisement

कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेकाले त्यसबारे प्रष्ट हुने गरीको कागजातसहित पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा पठाउन पनि अनुरोध गरिएको छ  ।

यस्तै विभिन्न कसुरमा मुद्दा लागेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दाको निर्क्यौल भएपछि मात्रै कागजात पठाउन दूतावासले आग्रह गरेको छ ।