May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

सरकार र ‘विप्लव’ नेकपाबीचको सहमतिले देशमा सुखद परिमाण ल्याओस्ः नेता रावल

२०७७ फाल्गुन २२

2.9K

काठमाडाैं–सरकार र ‘विप्लव’ नेकपाबीच भएको सहमतिले देश शान्तिको बाटोमा लागेको प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया दिएका छन्।

समामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया लेख्दै नेता रावलले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन्।

सरकार र विप्लवबीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् भन्दै रावलले शुभकामना दिएका छन्।

Advertisement

‘नेकपा (विप्लव)शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ,’ उनले लेखेका छन्, ‘सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद।’