May 3, 2024, Friday
२०८१ बैशाख २२
1:37:26 pm

महोत्तरी बालिका हत्या प्रकरण : २२ सेल अश्रुग्यासपछि गोली चल्यो

3.3K

महोत्तरी– बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्याको विरोधमा प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यासका साथै गोलीसमेत चलाएको छ।

प्रहरीको गोली लागेर २ प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। गोली चलाउनु अघिसम्म प्रहरीले स्थिति नियन्त्रणमा लिन २२ सेल अश्रुग्यास चलाएको थियो।

बालिका हत्याका आरोपमा महोत्तरीको गौशाला नगरपालिका–५ जिरो माइलका २६ वर्षीय युवक अरुणकुमार साह अहिले प्रहरी नियन्त्रणमा छन्। उनले आफ्नो पसलमा चक्लेट किन्न आएकी ती बालिकाको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

Advertisement