May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

एशियाकै सबैभन्दा भ्रष्ट देशको दर्जमा भारत

6.2K

काठमाडौँ – विश्वका १९८ देशहरुमध्ये ८०औं भ्रष्ट देश भनिए पनि गणतन्त्र भारत एशियामा भने सबैभन्दा भ्रष्ट देशमा दर्ज भएको छ ।

ट्रान्परेन्सी इन्टरन्यशनलको पछिल्लो अध्ययन अनुसार भारतमा घुसखोरी ४६ प्रतिशत रहेको छ भने व्यक्तिगत सम्वन्धको आधारमा सार्वजनिक सेवा उपभोगको दर ३९ प्रतिशत रहेको छ । यो दर एशियामा सबैभन्दा उच्च हो ।

‘घुुु्स दिनेहरुमध्ये झण्डै ५० प्रतिशतले र व्यक्तिगत चिनाजानी र प्रभावको आधारमा सार्वजनिक सेवा लिनेहरुमध्ये झण्डै ३२ प्रतिशतले भने कि यदि उनीहरुले त्यसो नगरेका भए उनीहरुको कामै हुन्नथ्यो’ – रिपोर्टमा भनिएको छ ।

Advertisement

ट्रान्सपरेन्सी इन्टरन्याशलनलले गएको जुन र सेप्टेम्बरबीचमा ‘ग्लोबल सर्भे ब्यारोमीटर – एशिया’ नामक सर्भे गरेको थियो । जसमा एशियाका बिभिन्न १७ देशका २० हजार जनाले भाग लिएका थिए । सर्भेमा उनीहरुलाई बितेको १२ महिनामा भ्रष्टाचार बारे उनीहरुको अनुभव र अनुमूतिहरु सोधिएको थियो । प्रहरी, अदालत, सरकारी अस्पताल, नागरिकता सम्बन्धि कागजातहरु, खरिदबिक्री र उपयोगिताका अन्य साधनहरुलाई सर्भेमा सूचक मानिएको थियो ।

भ्रष्टाचारको विश्वसूचीमा नेपाल भने अहिले ११३औं स्थानमा रहेको भएपनि एशियाली देशहरुमा घुसखोरीको मात्रै सन्दर्भ लिन पर्दा नेपालले भारतको ३९औं स्थानलाई उछिनेर अहिले १२ स्थानमा उक्लिएको छ ।