May 13, 2024, Monday
२०८१ जेष्ठ १
1:37:26 pm

नाइजेरियामा बाेकाे हराम द्वारा ११० जना किसानको घाँटी रेटेर हत्या 

4.5K

एजेन्सी- नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको क्रूर ढंगले हत्या गरेको छ ।
सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।घटना गत शनिबारको हो । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो ।

घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भनेका छन्, ‘यो घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक हो ।

Advertisement