May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

विवाद हल गर्न साझा प्रस्ताव ल्याऔँ: ईश्वर पोखरेल

5.4K

काठमाडौँ– पार्टीको विवाद हल गर्न साझा प्रस्ताव ल्याउन उपप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका नेता पोखरेलले साझा प्रस्ताव ल्याउन आग्रह गरेको बताइएको छ ।

यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

Advertisement

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।