May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

2.4K

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सरकारले आज सार्वजनिक गर्दैछ ।

नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।

दुई वर्षअघिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक हुँन लागेको हो ।

Advertisement

चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आउँदा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने घोषणा भएको थियो ।

दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको नापी विभागले जनाएको छ ।