May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

भारत किसान आन्दोलन: किसानहरुको शर्त–राजनीतिक झण्डा घरमै राखेर आउनू

2.9K

नयाँदिल्ली–भारतमा आन्दोलनरत किसानहरुले आन्दोलनलाई राजनीतिक रुपमा प्रयोग नगर्न आव्हान गरेका छन्। आफ्नो आन्दोलनलाई समर्थन गर्ने २४ राजनीतिक दलहरुलाई उनीहरुले यस्तो आग्रह गरेका हुन्। 

किसानहरुको माग सही भएको ठहर गर्दै  विपक्षी कांग्रेस र वामपन्थीलगायतका क्षेत्रीय दलहरुले समर्थन गरेका छन्।

किसानहरुको मागमा  डीएमके, टीआरएस, समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनता दल, शिवसेना, एनसीपी, अकाली दल, आपलगायतले  ‘भारत बन्द’ को  समर्थन गरेका छन्। सोमबार पत्रकार सम्मेलनमा बोल्दै  किसान युनियन क्रान्तिकारीका अध्यक्ष दर्शन पालले  आन्दोलनको समर्थन गरेकोमा सवै  दलहरुलाई धन्यवाद दिँदै  झन्डा र ब्यानर घरमै छोडेर आउन आग्रह गरेका छन्।

Advertisement

‘भारत बन्दको समर्थनमा सडकमा आउँदा आफ्नो झन्डा र ब्यानर घरमै छोडेर आउनु होला, किसानको साथमात्र दिनु होला,’ उनले भने। केन्द्रीय गृहमन्त्री  अमित शाहले किसानहरुको आन्दोलनलाई शान्त राख्न सवै राज्यलाई निर्देशन दिएका छन्। किसानहरुको आन्दोलनमा कोभिड–१९ को मापदण्ड पालना गराउन पनि उनले आग्रह गरेका छन्। किसान नेताहरुका अनुसार विहान ११ वजेदेखि ३ वजेसम्म बन्द हुने छ । अत्यावश्यकीय सेवा भने भने कुनै पनि रोकतोक नहुने उनीहरुले बताएका छन्।