May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

अभिनेत्री भीजे चित्रा होटलमा मृत फेला

3.6K

एजेन्सि – दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री भिजे चित्रा बुधबार बिहान भारतको चेन्नईको एक होटलमा मृत फेला परेकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चित्राले आत्महत्या गरेको देखिन आएको छ । प्रहरी चित्राको मृत्युको अनुसन्धान थालेको छ ।

चित्रा मंगरबार अबेर रातिसम्म शूटिंगमा ब्यस्त थिइन् । शूटिंग पश्चात उनले होटलमा चेक इनसमेत गरेकी थिइन् । तर पछि होटलकी रिसेप्शनिस्टलाई उनको मृत्युको जानकारी भयो । होटलले तुरुन्तै प्रहरीलाई घटनास्थलमा निमन्त्रणा गरेको थियो ।

चित्रा सीरियल पाण्डियन स्टोर्सबाट चर्चित बनेकी थिइन् । उनको परिवार चेन्नईमा बस्दै आएको छ । उनको यही वर्ष व्यवसायी हेमन्त रवीसंग इन्गेजमेन्ट भएको थियो ।facebook sharing buttonSharetwitter sharing buttonTweetmessenger sharing buttonShare

Advertisement