May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

उखु किसानसँग सरकारले गरेको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन हुन सकेन

2.9K

काठमाडौं- विभिन्न चिनी उद्योगले लामो समयदेखि करोडौं रुपैयाँ बक्यौता नतिरेपछि आजबाट उखु किसान पुन: आन्दाेलनमा उत्रिएका छन्। उनीहरुले माइतीघरमा धर्ना थालेका हुन्।

जिल्ला र केन्द्रमै पुगेर किसानले आन्दोलन थालेको करिब तीन वर्ष हुन लाग्यो। उनीहरुका माग सम्बोधन गर्न गत वर्ष पुस १८ गते सरकारको रोहबरमा चिनी उद्योगी र किसानबीच ५ बुँदे सहमति भएको थियो। तर उद्योगी र सरकारसमेतले उक्त सम्झौता कार्यान्वयनमा उदासिनता देखाएपछि यसपटक फेरि किसान आन्दोलित भएका हुन्।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको रोहबरमा उखु किसान र उद्योगीबीच २०७६ माघको पहिलो हप्ताभित्र सबै रकम तिरिसक्नेलगायत ५ बुँदे सम्झौता भएका थिए। तर किसानको रकम भुक्तानी गर्न चिनी उद्योगीले मागेको समयसीमा गुज्रेको एक वर्ष बितिसक्दा पनि सरकारले कुनै पहल गरेको देखिँदैन। 

Advertisement

सम्झौतापछिको १ वर्ष अवधिमा केही उद्योगहरुले किसानलाई भुक्तानी दिए पनि केही उद्योगी सम्पर्कमा नआएको र केहीले आंशिक रुपमा निकै कम रकम मात्र भुक्तानी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।