May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

चन्द्रागिरिमा ट्रक दुर्घटना: दुई जनाको मृत्यु

3K

काठमाडौँ – चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका मनिष कार्की र ट्रक चालक मनकुमार माझीको मृत्यु भएको छ । दुवै जनाको घर सिन्धुली हो ।

‘सवारीधनीले ट्रक रातिबाटै सम्पर्कविहीन भएको बताउनु भएको छ, त्यही अनुसार घटना राति नै भएको हो कि भन्ने आशंका छ’, उनले भने । 

Advertisement