May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख ६ हजार भन्दा बढी

2K

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ६ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३७९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६ हजार ४५९ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ६७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा १ लाख ८७ हजार ९०१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६७ लाख ३७ हजार २६७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९७ लाख २४ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६७ लाख ६ हजार ३६९९ जनामध्ये २७ हजार ६११ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।