May 6, 2024, Monday
२०८१ बैशाख २४
1:37:26 pm

अध्यादेश जारी पछि जनार्दनको प्रश्न:- सत्ता स्वार्थको पराकाष्ठा किन ?

1.6K

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नयाँ अध्यादेशबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार ट्विट गर्दै नेता शर्माले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वार्थ सत्ताको पराकाष्ठामा पुगेको आरोप समेत लगाएका हुन्। 

‘फेरि अध्यादेश! सत्ता  स्वार्थको  पराकाष्ठा किन?,’ उनले ट्विटमा लेखेका छन्, ‘छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन।’

उनले हतास मनस्थितिबाट मुक्त हुनसमेत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। अध्यादेश तुरुन्तै फिर्ता गर्न समेत उनको माग छ।

Advertisement

मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रचण्ड पक्षका मानिने सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थिइ।