May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

अभियोगपत्र फिर्ता लिनुस्, अनि बैठकमा आउँला: ओली

3.1K

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका छन्।

बुधबार दिउँसो बालुवाटारमा भेट्न पुगेका अध्यक्ष दाहालसँगको सम्वादका क्रममा ओलीले अन्य चारजना सदस्यको समर्थनमा प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म स्थायी कमिटी बैठकमा उपस्थित हुन नसक्ने बताएका हुन्। 

प्रचण्डले २८ कात्तिकको सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठ लामो प्रतिवेदन केन्द्रीय नेतादेखि कार्यकर्तासम्म वितरण गरिसकेका छन्। ओलीले पनि प्रचण्डलाई जवाफ दिँदै ३८ पृष्ठ लामो प्रस्ताव सचिवालयमा पेश गरेका थिए।

Advertisement

ओलीले प्रचण्डको राजनीतिक प्रस्तावलाई ‘अभियोगपत्र’ संज्ञा दिँदै त्यो कुनै पनि हालतमा फिर्ता हुनुपर्ने अडान लिएका हुन्। पार्टी महासचिव विष्णु पौडेलसहित भएको दुई नेताको संवादमा ओलीको अडानले स्थायी कमिटी बैठक नै अनिश्‍चित बनेको छ। 

प्रचण्ड बुधबार बिहान स्थायी कमिटी बैठकका कार्यसूचीमा छलफल गर्न बालुवाटार पुगेका थिए। बालुवाटार स्रोतका अनुसार प्रचण्डको प्रस्ताव दस्तावेज नभइ ‘अभियोगपत्र’ मात्रै भएकाले कुनै हालतमा फिर्ता हुनुपर्ने पक्षमा ओली अडिग छन्।

प्रचण्डको प्रस्ताव फिर्ता हुनै पर्ने पक्षमा रहेका ओली यसअघि मंसिर २१ मा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएनन्। उनले दुई पृष्ठ लामो पत्र लेख्दै प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने बताएका थिए।