May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

हिन्दुराष्ट्र र राजस‌ंस्थाको पक्षमा देशभर प्रदर्शन गर्दै राप्रपा

2.7K

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ।  अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले आगामी पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या, धर्म परिवर्तनको समस्या समाधान गर्न सरकार असफल एवं उदासीन भएको भन्दै सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको लागि पहिलो चरणको देशव्यापी जन प्रदर्शन गर्न लागेको राप्रपाले जनाएको छ। 

राप्रपाले पौष १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, पुष १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा जिल्लाका शहरहरुमा मोटरसाइकल र्‍याली गर्ने, पौष १५ देखि २५ सम्म जिल्ला सदरमुकाममा जन प्रदर्शन गर्ने राप्रपाले जनाएको छ। 

Advertisement

त्यस्तै पुसको अन्तिम हप्तादेखि दोस्रो चरणको कार्यक्रम गर्ने आजको बैठकले निर्णय गरेको छ।