May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

प्रचण्ड-माधव पक्षका सात मन्त्रीद्वारा राजीनामा

4.5K

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सातजना मन्त्रीले राजीनामा दिएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड निकट मन्त्रीहरु उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका छन् ।

त्यस्तै माधवकुमार नेपालनिकट मानिएका कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले पनि राजीनामा दिएका छन् ।

Advertisement

प्रचण्ड निकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्ट प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् । मन्त्री बादल र भट्टले भने राजीनामा दिएनन् । पछिल्लो समय बादल र भट्ट प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् ।

उनीहरुले संसद विघटनको प्रस्ताव रोक्न अधिकतम प्रयास गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनीहरुले गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरित तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिकएका कदमप्रति असहमति रहेको बताएका छन् ।