May 5, 2024, Sunday
२०८१ बैशाख २४
1:37:26 pm

यी हुन घाम ताप्दा हुने फाइदा

4.1K

घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ।

घामले शरीरलाई पुर्‍याउने फाइदा

  • – सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
  • – बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
  • – चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
  • – सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
  • – घामले रगत जम्नबाट बचाउँछ।

घामबाट हुन सक्ने असर

Advertisement

  • – छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
  • – अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
  • – जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
  • – छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
  • – लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ।